नेपाल इन्भेष्टमेन्ट बैंकका ग्राहकलाई चिरायु अस्पतालमा विशेष छुट, के के सेवामा पाउँछन् छुट ?

  २०७६ माघ ९ गते १९:२३     विकासन्युज

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंकका ग्राहकले चिरायु चिरायु नेशनल अस्पताल तथा मेडिकल इन्स्टिच्युटमा विशेष छुट पाउने भएका छन् । सो सम्बन्धि दुई संस्थाबीच एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकका नायव महाप्रबन्धक विजेन्द्र सुवाल र अस्पतालका सञ्चालन निर्देशक चन्डेश्वर नन्दराज वैद्यले हस्ताक्षर गरेका हुन् । यससँगै बैंकका वैध कार्डबाहकहरू, कर्मचारी तथा सेयरधनीहरुले विभिन्न स्वास्थ्य सेवामा विशेष छुटको सुविधा पाउने छन् ।

अब बैंकका सबै कर्मचारीहरू, खाताधनीहरू र नेपाल इन्भेष्टमेन्ट बैंकका सेयरधनीहरूले चिरायु अस्पतालमा बेड शुल्क, अस्पतालभित्र गरिने परीक्षण, प्रक्रियागत शुल्क, शल्यक्रिया शुल्क र फार्मेसीमा छुट प्राप्त गर्नसक्ने छन् ।

चिरायु नेशनल अस्पताल तथा मेडिकल इन्स्टिच्युट (सीएनएचएमआई) ले आधुनिक सुविधाहरूसहित उत्कृष्ट प्रकारका साधारण था विशेषज्ञ चिकिसकीय सेवाहरू उपलब्ध गराउँदै आएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक (एनआईबीएल)ले हाल ८२ शाखा, १२४ एटीएम, १६ एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५७ शाखारहीत बैंकिङ काउन्टरमार्फत आफ्ना ग्राहकहरूलाई सेवा पुर्याउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.