२०७६ मंसिर १६ गते १९:१४ विकासन्युज
चितवन । नेपाल प्रहरीले व्यापारमा हात फैलाउँदै भरतपुर महानगरपालिका–२ स्थित बाइपास रोडमा नयाँ पेट्रोल पम्प सञ्चालनमा ल्याएकाे छ । नेपाल प्रहरीको कल्याण कोषले पेट्रोल पम्प सञ्चालनमा ल्याएको हो ।
कोषका सदस्य–सचिव वरिष्ठ प्रहरी उपरीक्षक टेकबहादुर तामाङका अनुसार जुनियर प्रहरी अधिकृत शिक्षालयसँगै करीब छ कठ्ठा जमिनमा निर्माण गरिएको पम्प गत साताबाट सञ्चालनमा आएको हो । पम्प रु तीन करोड १७ लाख खर्च गरी निर्माण गरिएको हो । पम्पबाट पेट्रोल र डिजल बिक्री वितरण गरिएको छ ।
तामाङका अनुसार डिजल ४० हजार लिटर र पेट्रोलको भण्डारण क्षमता २० हजार लिटर रहेको छ । दोस्रो चरणमा सो स्थानमा ग्रोसरी, प्रहरी आवासलगायत निर्माण गरिने उहाँले जानकारी दिए । कोषले काठमाडौँको नक्साल, सामाखुसी र पथलैयामा पेट्रोल पम्प सञ्चालन गर्दै आएको छ ।
पैसा र बन्दुक दुबै शक्तिकाे स्राेत हुन् । त्यसैले बन्दुक र पैसा दुबै एउटै शक्तिमा केन्द्रीत हुन कुनै पनि राज्यकाे लागि खतरा मानिन्छ । तर नेपालमा भने सेना र प्रहरी दुबै निकायलाइ व्यापार र सुरक्षा दुबै काममा सरकारले परिचालन गरेकाे छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.