२०७६ मंसिर १ गते १६:१९ विकासन्युज
काठमाडौं । हिमस्टारको हातखाली नजाने “अजबको गज्जब” योजना भब्य रुपमा सम्पन्न भएको छ । गोल्छा ग्रुपको भगिनी संस्था हिम इलेकट्रोनिक्स प्रा. लि. ले दशैं, तिहार रछठको अवसर पारेर ‘अजबको गज्जब ’ योजना सार्वजनिक गरेको थियो, जुन भब्य रुपमा सम्पन्न भएको हो ।
ग्राहकको उत्साहजनक प्रतिक्रियाले , कम्पनीले आफ्नो लक्षित टार्गेट भन्दा बढी बिक्रि भएको जानकारी दिए । कम्पनीले नेपालीहरुको महानपर्वहरु बडा दशैं, तिहार तथा छठको अवसर पारेर ग्राहकहरुले हिमस्टारका टिभी, रेफ्रिजेरेटर, डिप फ्रिज तथा ए.सी. लगायतको खरिदमा हिमस्टारका ड्राइआइरन,स्टिम आइरन ,ब्लेन्डर, मिक्स्चर, ग्राइन्दर तथा ३ वर्ष वारेन्टी सहित निशुल्क एसी जडान प्राप्त गरेका छन् ।
हिमस्टार ब्राण्डले नेपाली बजारमा स्तरिय होम अप्लाएन्सेसहरु उपलब्ध गराउँदै आएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.