रोयल इन्फिल्डको बाइक किन्ने सोच्दै हुनुहुन्छ ? यस्ता छन् मोडल(मूल्य सहित)

  २०७६ कार्तिक ६ गते १६:४६     विकासन्युज

काठमाडौँ । इण्डियन मोटरसाइकल मेनुफेक्चरिङ्ग ब्राण्ड ‘रोयल इन्फिल्ड’ को नेपालका लागि आधिकारिक बिक्रेता विवेक अटोमोवाइल्स प्रालिले नेपालमा उक्त ब्राण्डका ३५० सीसीदेखि ४१० सीसीसम्मका मोटरसाइकलहरु बिक्री वितरण गर्दै आइरहेको छ ।

कम्पनीले जनाए अनुसार रोयल इन्फिल्डका चार लाख ६७ हजार रुपैयाँदेखि लिएर आठ लाख ९८ हजार रुपैयाँसम्म मूल्य पर्ने मोटरसाइकलहरु नेपाली बजारमा बिक्री हुँदै आइरहेका छन् ।

हाल नेपालमा ४१० सीसी सम्मका ५ अलग मोडेलहरुको विक्री हुँदै आइरहेका छन् । विगतमा भने कम्पनीले ५०० सीसीका केही थप मोडेलहरु पनि बिक्री गर्ने गरेको थियो । कम्पनीले जनाए अनुसार अहिलेलाई भने उक्त बाइकहरुको बिक्री बन्द गरिएको छ ।

कम्पनीको अहिलेको चाडपर्वलाई लक्षित योजना मुताविक ग्राहकहरुले रोयल इन्फिल्डका कुनैपनि मोडेलका बाइकको खरिदमा एउटा हेल्मेट र लेग गार्ड उपहार स्वरुप प्राप्त गर्ने छन् ।

रोयल इन्फिल्ड संसारभर आफ्नो दमदार बाइकहरुको लागि लोकप्रिय रहेको छ भने यो इण्डियन मेनुफेक्चरिङ्ग ब्राण्डले ३५० सीसी देखि लिएर ६५० सीसी सम्मका बाइकहरु मेनुफेक्चर गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.