रिजर्भ बैंकले २००० रुपैंयाको नोट छाप्न छाड्यो, आरटीआईको निर्देशनपछि यस्तो खुलासा

  २०७६ असोज ३० गते १८:२९     विकासन्युज

काठमाडौं । रिजर्भ बैंक अफ इण्डिया (आरबीआई) ले २ हजार दरका नोट छाप्न छाडेको छ । नोटबन्दीपछि भारतले छाप्न सुरु गरेको २ हजार दरको नोट यो वर्षमा छपाई नगरेको आरबीआईले जनाएको छ ।

भारतीय पत्रिका द न्यू इण्डियन एक्सप्रेसले आरबीआईसँग २ हजार दरका भारतीय नोटहरुको छपाईबारे सुचना माग गरेको थियो तर आरबीआईले सो सूचना उपलब्ध गराउन नमानेपछि सो पत्रिका सूचनाको हकअन्तर्गत् आरटीआईमा गएको थियो । सोपछि आरबीआईले चालु वित्तीय वर्षका नयाँ नोट नछापेको जनाएको हो ।

नरेन्द्र मोदी भारतको प्रधानमन्त्री भएको २ वर्षपछि २०१६ मा भारतले नोटबन्दी गर्दै पुराना ५०० र १००० दरका नोटहरु नचल्ने घोषणा गरेको थियो । त्यसको सट्टामा नयाँ २००, ५०० र २००० दरको नोट प्रचलनमा ल्याएको थियो ।

२०१६ मा पहिलो वर्ष करिब ३५४ करोड थान नोट छापेको सरकारले भारत सरकारले दोस्रो वर्षमा ११ करोड र तेस्रो वर्ष ४ करोड थान नोट छापेको थियो । तर यो वर्षमा कुुनैपनि रकम नछापेको आरबीआईले जनाएको छ । उसले बजारमा ठूला नोटको प्रचलन कम हुँदै गएकोले छपाई कम गर्न थालेको समेत जनाएको छ । अहिले भारतमा करिब ८५ प्रतिशत भुक्तानी डिजिटल माध्यमबाट हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.