अब एकल पुरुषलाई पनि भत्ता !

  २०७६ असोज १७ गते १३:५९     विकासन्युज

काठमाडाैं । अब एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिइने भएकाे छ ।  सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाकाले यसै आर्थिक वर्षदेखि लागु हुनेगरी एकल पुरुषले पनि मासिक रु ५०० का दरले भत्ता पाउने व्यवस्था गरेको हो । गाउँपालिकाले कार्यविधि बनाइसकेकाले यस आवको साउनदेखि नै लागू हुने गरी भत्ता वितरण गर्न लागिएको हो ।

गाउँपालिकाभित्र करीब ३५० एकल पुरुष भएको अनुमान गरिएको हँुदा नाम सङ्कलन गरेर एकिन विवरण प्राप्त भएपछि वितरण गरिने कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताएका छन् ।

महिला र पुरुष समान भनिँदै आएका सन्दर्भमा एकल पुरुषलाई पनि मासिक भत्ता दिन उपयुक्त ठहर गरी आन्तरिक स्रोतबाट प्रदान गर्ने गरी गाउँपालिकाको सभाले रु २० लाख बजेट पारित गरेको अध्यक्ष शेर्पाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.