धितो मूल्यांकनकर्ता खत्री पक्राउ, सीआईबीले उच्च अदालत पाटनमा बुझायो

  २०७६ असोज ९ गते १९:५५     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डू (बिओके) को ऋण दूरुपयोग गरेको अभियोगमा धितो मूल्यांकनकर्ता भेषराज खत्री पक्राउ परेका छन् । बिओके कमलपोखरी कार्यालयका प्रमुख प्रतिक श्रेष्ठको जाहेरीमा मूल्यांकनकर्ता एभरेष्ट ईन्जिनियरिङ कन्सल्टेन्सी विराटनगरका भेषराज खत्रीलाई आज बिहीबार नेपाल प्रहरीको अनुसन्धान ब्यूरो(सीआईबी)ले पक्राउ गरी उच्च अदालत पाटनमा बुझाएको छ ।

बैंकबाट स्वर्णिम एण्ड श्रीजन कम्पनी प्रालिका संस्थाक एवम् सञ्चालक सुरेन्द्र श्रेष्ठले ऋण लिएका थिए । उनले झापाको ४ कठ्ठा १० धुर जग्गा झुक्याइ झुठ्ठा विवरण लिखत र नापी, नक्सा मिलाइ बैंकमा पेश गरेको आरोप प्रहरीको छ । श्रेष्ठले एक ठाउँको जग्गा देखाएर अर्को ठाउँको जग्गा धितोमा राखेका थिए । सो जग्गाको मूल्यांकन खत्रीले गरेका थिए । बैंकलाई हानीनोक्सानी पुर्याउने कार्यमा संलग्न रहेको अभियोगमा उनलाई पक्राउ गरेको सीआईबीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.