२०७६ भदौ १५ गते १५:४७ विकासन्युज
काठमाडौं। पुतलीसडक स्थित आईआईएमएस कलेजले दसैं कार्निभल तथा फुड फेस्टिभल आयोजना गर्ने भएको छ। कलेजले यही भदौ २८ गते भ्रिकुटीमण्डपको गार्डन एरियामा फुड फेस्टिभल आयोजना गर्न लागेको हो।
होटल म्यानेजमेन्ट अध्यापन गराउँदै आएको कलेजले नेपाली खानाको प्रवर्दन गर्ने उदेश्यको साथ फेस्टिभल आयोजना गर्न लागिएको कलेजका प्रमुख कार्यकारी अधिकृत सबिन्द्र महर्जनले बताए। फेस्टिभलको स्टलमा हिमाल, पहाड र तराईको शुद्द नेपाली खानाको मात्र स्टल राखिने महर्जनले बताए।
उनी भन्छन्,’धेरै अन्तरराष्ट्रिय खानेकुराका फुड फेस्टिभल भईसके तर नेपाली खानेकुरालाई प्राथमिकता दिएर कुनै फुड फेस्टिभल नभएको कारण हामीहरुले यस पटक नेपाली खानालाई प्राथमिकतामा राखेका हौं।’
‘भिजिट नेपाल २०२०’ लाई सघाउ पुर्याउने उदेश्यको साथ मेलामा सातैवटा प्रदेशको खानेकुरा समावेश गरिने श्रेष्ठले बताएका छन्। फुड फेस्टिभलमा गेम स्टल, सांस्कृतिक नित्यहरु प्रस्तुत गरिनेछ।
साथै फुड फेस्टिभलमा सांगितिक ब्याण्ड मुक्ती एण्ड रिभाईभल र कुटुम्ब ब्याण्डको प्रस्तुती समेत रहनेछ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.