अन्तरबैंकिङ एटीएम सेवा बन्द, कसैको खाताबाट पैसा हराएको छैन नआत्तिनु : राष्ट्र बैंक

  २०७६ भदौ १५ गते १३:०२     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले एटीएम ह्याकिङबाट कुनैपनि ग्राहकको खाताबाट रकम डेबिट नभएको भन्दै ढुक्क हुन सर्वसाधारणलाई आह्वान गरेको छ । नेपाल राष्ट्र बैंक भुक्तानी सेवा प्रणालीका कार्यकारी निर्देशक बमबहादुर मिश्रले ह्याकिङका कारण भएको क्षति बैंकहरुकै भएको प्रारम्भिक निष्कर्ष निस्किएको भन्दै बैंकका ग्राहकहरु आत्तिनुपर्ने अवस्था नरहेको समेत बताए ।

उनले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई आफ्नो बैंकबाट केकस्तो क्षति भयो हेरेर राष्ट्र बैंकलाई जानकारी दिन निर्देशन दिएको भन्दै यसबारे साँझसम्म विवरण आइसक्ने बताए । उनले कुनै ग्राहकको खाताबाट पैसा हराएको पाइएमा तत्काल राष्ट्र बैंकमा खबर गर्न आह्वान समेत गरे ।

अन्तरबैंकिङ एटिएम सेवा बन्द

एउटै नेटवर्कमा आवद्ध अर्को बैंकको एटीएमबाट पैसा झिक्न पाउने सुविधा अल्पकालका लागि बन्द गरिएको छ । कार्डमार्फत् हुने भुक्तानी प्रणाली ह्याकिङ भएपछि अल्पकालको लागि यस्तो सेवा बन्द गरिएको कार्यकारी निर्देशक मिश्रले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.