हुन्डाईको ‘भेन्यू कार’ नेपाली बजारमा, ३५ देखि ५५ लाख पर्ने कारका यस्ता छन् विशेषता

  २०७६ भदौ ५ गते १४:३२     विकासन्युज

काठमाडौं । नेपालको लागि हुन्डाई मोटर्सको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘भेन्यू कार’ नेपालमा सार्वजनिक गरेको छ । हुन्डाई मोटर्सको पछिल्लो उत्पादन ‘भेन्यू’ नेपाली बजारमा बिहीबारदेखि सार्वजनिक भएको हो ।

नेपाली बजाम भेन्यू कारको मूल्य ३४ लाख ९६ हजारदेखि ५५ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । भेन्यू इ कारको ३४ लाख ९६ हजार, भेन्यू एसको ३७ लाख ९६ हजार, भेन्यू एसको ३७ लाख ९६ हजार, भेन्यू एसएक्स ह्याचको ४८ लाख ९६ हजार, भेन्यू एसएक्स ओको ५३ लाख ५६ हजार, भेन्यू एसएक्स ह्याच ७ डिसिटीको ५५ लाख ९६ हजार मूल्य तोकिएको हो ।

हुन्डाई कम्पनीले भेन्यूलाई तीन इन्जिन अप्सनमा बजारमा ल्याएको छ । जसमा १.२ लिटर पेट्रोल इन्जिनले ८३ पीएसको पावर र ११५ एनएमको टर्क जेनेरेट गर्छ । १.४ लिटर डिजेल इन्जिनले ९० पीएसको पावर र २२० एनएमको टर्क जेनेरेट गर्छ । १ लिटर टर्बो चार्जड पेट्रोल इन्जिन रहेको छ । १ लिटर कप्पा टी–जीडीआई पेट्रोल इन्जिनले १२० पीएसको पावर र १७५ एनएम टर्क जेनेरेट गर्छ । सो इन्जिनमा ७ स्पीड डिसिटी रहेको छ ।

हुन्डाई भेन्यू स्मार्ट इलेक्ट्रिक सन रुफ, आकर्षक क्रोमयुक्त फ्रन्ट ग्रील तथा स्पोर्टी रुफ रेल रे सुसज्जित छ । गाडीको पछाडिको भाग निकै आकर्षक र स्टाइलिस रहेको छ । यसमा कम्पनीले नयाँ डिजाइनको टेल ल्याम्प दिएको छ ।

कारमा इलेक्ट्रिक सनरुफ, वायरलेस फोन चार्जिङ, एयर प्युरिफायर र क्रुज कन्ट्रोल जस्ता फिचरहरु रहेको कम्पनीले जानकारी दिएको छ । हुन्डाईले भदौ १० गतेदेखि हुने नाडा अटो शोलाई मध्यनजर गर्दै आफ्नो नयाँ उत्पादन नेपाली बजारमा सार्वजनिक गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.