२०७६ साउन १५ गते १८:३३ विकासन्युज
काठमाडौं । आगामी साउन १५ गतेदेखि नेपाल मेडिसिटी अस्पतालमा घुँडा सम्बन्धि समस्या भएका तथा जोर्नी प्रत्यारोपणको आवश्यकता भएका व्यक्तिहरुका लागि निःशुल्क परामर्श गरिने भएको छ ।
अस्पतालको ओपिडीमा हाडजोर्नी विशेषज्ञसँग निःशुल्क परामर्श गर्न पाइने यो अवसरमा सहभागि हुन अग्रीम नाम दर्ता गर्नुपर्ने छ । खासगरि घुँडा तथा जोर्नी सम्बन्धि समस्या भइजोर्नी प्रत्यारोपण आवश्यक रहेकाहरुका लागि यो योजना विशेष लाभकर रहने अपेक्षा राखेको अस्पतालका महाप्रबन्ध कविजय रिमालले जानकारी दिएका छन् ।
विशेष गरी ६० वर्ष उमेर माथीका ज्येष्ठ नागरिक महिलामा सामान्य रहेको घुँडा खिइने समस्यालाई लक्षित गरी यो योजना लागुु हुन लागेको हो । घुँडा दुख्ने, घुँडा बांगिएको, उमेरको कारणले घुँडा खिइएको, बाथ रोगको कारणले घुँडाको समस्या भएका, जोर्नी खिइएका तथा नशा च्यातिएको समस्या र खेलकुदको कारणले घुँडामा चोटपटक भएका व्यक्तिहरुलाई जोर्नी प्रत्यारोपण आवश्यक पर्ने अस्पतालले जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.