सिबिआईएल क्यापिटलको अध्यक्षमा समिर दाहाल, सिईओमा नवराज गिरी नियुक्त

  २०७६ साउन १० गते १५:३०     विकासन्युज


काठमाडौँ । सिबिआईएल क्यापिटल लिमिटेडको अध्यक्षमा समिरप्रसाद दाहाल नियुक्त भएका छन् । मुख्य कम्पनी सिटिजन्स बैंक इन्टरनेशनल लिको तर्फबाट मनोनित भई अध्यक्ष रहेका बोधराज देवकोटाले व्यक्तिगत कारण देखाई राजीनामा दिएपछि अध्यक्ष पद खाली रहेको थियो ।

रिक्त अध्यक्ष पदमा साउन ४ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक समिरप्रसाद दाहाललाई बाँकी अवधिसम्मको लागि अध्यक्षमा नियुक्त गरेको कम्पनीका सिईओ नवराज गिरीले जनाएका छन् ।

यसैबीच, सिबिआईएल क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सिईओ)मा नवराज गिरी नियुक्त भएका छन् । बैशाख १ गतेदेखि कामु सिइओका रुपमा कार्यरत गिरीलाई साउन ४ गते बसेको सञ्चालक समितिको बैठकले साउन १ गतेदेखि नै लागू हुने गरी सिईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

दुई दशक भन्दा बढी हिमालयन बैंक लिमिटेडमा विभिन्न शाखा प्रमुखका रुपमा र विभिन्न विभागमा विभागीय प्रमुखका रुपमा साथै उच्च व्यवस्थापनमा रही लामो अनुभव बटुलेका गिरी मार्केटिङ, जनसम्पर्क, बैंकिङ अपरेशन, जोखिम व्यवस्थापन तथा कर्जा व्यवस्थापनमा विशेष दख्खल राख्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.