आन्तरिक राजश्व कार्यालय महेन्द्रनगरमा ग्लोबल आइएमईको एक्सटेन्सन काउण्टर

  २०७६ साउन ५ गते १४:०६     विकासन्युज


काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आन्तरिक राजश्व कार्यालय, महेन्द्रनगरमा एक्सटेन्सन काउण्टर सुरु गरेको छ । काउण्टरको आन्तरिक राजश्व कार्यालय महेन्द्रनगरका प्रमुख कर अधिकृत लेखनाथ शर्मा(पंगेनी)ले उद्घाटन गरे ।

बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्यकतालाई मध्यनजर गर्दै एक्सटेन्सन काउण्टरसुरु गरेको हो । महेन्द्रनगरमा एक्सटेन्सन काउण्टरको उद्घाटन सँगै बैंकको एक्सटेन्सन काउण्टरको संख्या २९ पुगेको बैंकले जनाएको छ ।

उक्त अवसरमा बोल्दै प्रमुख कर अधिकृत शर्माले बैंकले ग्राहकको सन्तुष्टीलाई मध्यनजर गरी उत्कृष्ट सेवा प्रदान गर्न आग्रह गरे । ग्लोबल आइएमई बैंक महेन्द्रनगर शाखाका शाखा प्रमुख दिपेन्द्रबहादुर सिंहले बैंकले सेवाग्राहीको हितलाई ध्यानमा राखेर काम गर्ने बताउँदै प्रभावकारी सेवा प्रदान गर्ने प्रतिवद्धता समेत जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.