२०७६ असार १० गते १७:५६ विकासन्युज
काठमाडौ । दक्षिण कोरियाको लोट्टे जीआरएस र हिमालय एनकेबीच फ्रेन्चाईज सम्झौता सम्पन्न भएको छ । बहुराष्ट्रिय कम्पनी लोट्टे गु्रप अन्तर्गतको फास्टफुड फ्रेन्चाईज रेष्टुरेण्ट ‘लोट्टेरिया’ नेपालमा सञ्चालन गर्ने उद्देश्यका साथ सो सम्झौता गरिएको हो ।
सम्झौता गर्न मंगलबार राजधानीमा आयोजित कार्यक्रममा उद्योग मन्त्री मातृकाप्रसाद यादवको प्रमुख आतिथ्यता थियो । उक्त सम्झौताका निम्ती लोट्टेका ग्लोबल सिईओ ‘नाम इक उ’ र ग्लोबल बिजनेश टीम प्रमुख ‘किम कि छल’ सोमबार नै काठमाडौँ प्रवेश गरेको कार्यक्रममा बताईयो ।
हिमालय एनके का अध्यक्ष बिनोद कुँवरले भने-‘नेपालमा लोट्टेरिया आगमनले भिजिट नेपाल ट्वान्टी ट्वान्टीको लागि सहयोग गर्नेछ ।’ कुँवरले विश्वव्यापीकरणको प्रभावसँगै नयाँ खालका खानपान र संस्कृती नेपालमा समेत विकास हुँदै गएकोमा जोड दिए । साथै, सोही कारण व्यवसायिक सफलता हासिल गर्न सहज हुने उनको तर्क छ ।
लोट्टेरिया संचालनमा आएको ४० वर्ष भईसकेको छ । दक्षिण कोरिया, भियतनाम, म्यानमार, इन्डोनेसिया, कम्बोडीया, काजकिस्तान, मङ्गोलिया र लाओस लगायतका देशहरुमा १६ सय भन्दा बढीको संख्यामा फ्रेन्चाईज रेष्टुरेन्ट सञ्चालित छन् । लोट्टेरिया ‘चिकेन’ र ‘बर्गर’को लागि प्रशिद्ध रहेको कम्पनीको दाबी छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.