२०७६ असार ९ गते १२:४२ विकासन्युज
ईन्डोनेसिया। ईन्डोनेसियामा गएको ठुलो भुकम्पको धक्का अष्ट्रेलियाको उत्तरी क्षेत्रमा पनि पर्न गएको छ। अमेरिकी जिओग्राफिकल सर्वेका अनुसार ईन्डोनेसियाको तानिम्बार टापुको नजिकै ७.३ रेकटर स्केलको भुकम्प गएको हो।
सर्वेका अनुसार भुकम्पको गहिराई २०८ किलोमिटर रहेको थियो।
उक्त क्षेत्रभन्दा ७२० किलोमिटर टाढा रहेको अष्ट्रेलियाको डार्विण भन्ने ठाउँका बासिन्दाहरुले भुकम्पको धक्क धेरै मिनेटसम्म महसुस भएको थियो। तर अष्ट्रेलियालाई कुनै पनि सुनामीको खतरा भने नभएको त्यहाँका मौसम विभागले जनाएको छ।
( सिएनएन )
Copyright © 2024 Bikash Media Pvt. Ltd.