राष्ट्रिय वाणिज्य बैंकले बढायो निक्षेपको ब्याजदर, २ देखि ११ प्रतिशतमा ऋण

  २०७६ असार १ गते ८:१८     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले निक्षेपमा दिने ब्याजदर बढाएको छ । बैंकले असार महिनाको लागि प्रकाशन गरेको ब्याजदर तालिकाअनुसार बैंकले बचत खातामा पाउने ब्याजदरमा ०.५० प्रतिशत र मुद्दती खातामा पाउने ब्याजदर नेपाल बैंकर्स संघले निर्धारण गरेको ९.२५ प्रतिशत नघाघ्ने गरी ०.२५ प्रतिशतदेखि ०.५० प्रतिशतसम्म बढाएको हो । चैत महिनामा ४.७० प्रतिशत स्प्रेडदर रहेको उक्त बैंकले असार मसान्तमा स्प्रेडदरलाई ४.५० प्रतिशतमा झार्न निक्षेपमा बढी ब्याजदर दिने बाटो रोजेको हो ।

नेपाली बैंकिङ क्षेत्रमै सबैभन्दा सस्तो ब्याजमा ऋण प्रवाह गर्ने राष्ट्रिय वाणिज्य बैंकले कर्जाको ब्याजदरमा भने कुनै परिवर्तन गरेको छैन । ५.३८ प्रतिशत आधार ब्याजदर रहेको बैंकले जोखिम प्रिमियमवापत २ प्रतिशतदेखि ५.६७ प्रतिशतसम्म ब्याजदर थप गरेको छ । यसले राष्ट्रिय वाणिज्य बैंकबाट कर्जा लिनेहरुको ब्याजदर ७.६७ प्रतिशतदेखि ११ प्रतिशतसम्म रहने देखाएको छ ।

सहुलियतपूर्ण कर्जाका हकमा भने ५ वा ६ प्रतिशत ब्याज अनुदानको ब्यववस्था गरिएकोले उक्त ऋणको ब्याजदर १.६७ वा २.६७ प्रतिशतसम्म हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.