२०७६ जेठ ६ गते १६:२९ विकासन्युज
काठमाडौं। २६ बर्ष सेलेना गोमेजको ६८ वर्षे बिल मुर्रेसँग विवाह हुने भन्दै बजार तातिएको छ। गायिका तथा नायिका सेलेना गोमेजले कान्स फेस्टिभलको तस्विर ईन्स्टाग्राममा पोस्ट गर्दै आफु बिल मुर्रेसँग विवाह गर्न लागेको लेखेकी थिईन्।
यो सेलेनाको कान्स फेस्टिभलमा पहिलो सहभागीता हो।
कान्सा फेस्टिभलमा पहिलो पटक सहभागी हुन पाएको खुशी व्यक्त गर्दौ उनले लेखेकी छिन्, ‘‘म यो फिल्मको सदस्य हुन पाउँदा निकै भाग्यमानी महसुस गरिरहेकी छु । अँ साँच्ची, म र बिल मुर्रे विवाह गर्दैछौं ।’
बिल मुर्रेले पनि सेलेनाको खुब तारिफ गरेको बताईएको छ।
यधापी पिन्कभिल्लले यो सब ठट्टा मात्र रहेको बताएका छ। धेरैले यसलाई फिल्मको लागि गरिएको पब्लिसिटी हुनसक्ने अनुमान गरेका छन्।
Copyright © 2024 Bikash Media Pvt. Ltd.