कञ्चन डेभलपमेन्ट बैंकको बोनस सेयर नेप्सेमा सूचिकृत

  २०७६ जेठ ५ गते १६:१९     विकासन्युज

काठमाडौं । आइतबार कञ्चन डेभलपमेन्ट बैंकको बोनस सेयर सूचिकृत भएको छ । संस्थाको कूल २ लाख ५३ हजार कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको हो ।

यसअघि संस्थाको जम्मा सूचिकृत सेयर भने ५० लाख ५९ हजार ९०४ कित्ता रहेको छ । साथै, बजार पूँजीकरण ९१ करोड ७ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, आइतबार संस्थाको सेयर मूल्य प्रतिकित्ता १८० रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.