लाईसेन्स प्राप्त नर्सलाई निशुल्क काम गराउनु सरकार माथि ठुलो प्रश्न : अध्यक्ष तारा पोखरेल

  २०७६ वैशाख २९ गते १७:४३     विकासन्युज

काठमाडौं। नर्सिङ काउन्सिलबाट लाईसेन्स प्राप्त नर्सलाई समेत निशुल्क काम गराउनु काउन्सिलको लाईसेन्स माथि ठुलो प्रश्न रहेको भन्दै नर्सिङ संघकी अध्यक्ष तारा पोखरेल आक्रोश पोखेकी छिन्। उनले सरकारबाट मान्यता प्राप्त लाईसेन्स हुँदा हुँदै पनि परीक्षणको नाममा बिना शुल्क काम लगाउनु नर्सिङ पेशा माथिको ठुलो घात भएको बताईन्।

अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोद्धन गर्दै पोखरेल १० लाख देखी २० लाख खर्च गरेर नर्सिङ तथा बिएस्सी नर्सिङका नर्सहरुले ५००० तलब खानु परेको अवस्थाको बारेमा जानकारी दिंदै यस बिषयलाई बिशेष ध्यान दिन सरकारलाई आग्रह गरिन्। उनले अस्पतालहरुले कागजमा २० हजार लेखेर ५ हजार तलब दिदै आएको जानकारी दिईन्।

कार्यक्रममा श्रम तथा रोजगार मन्त्री गोकर्ण बिष्टले नर्सलेको कुरालाई ध्यानमा राख्दै डेढ महिना भित्र सबै अस्पतालमा श्रम अडिट गराउने बताएका छन् । उनले अस्पतालका कर्मचारीहरुलाई न्यूनतम पारिश्रमिक नदिएको गुनासो बढिरहेको भन्दै सो समस्या समधानका लागि श्रम अडिट गराउने प्रतिबद्धता जनाएका हुन् ।

अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोद्धन गर्दै मन्त्री विष्टले न्यूनतम पारिश्रमिक नदिने अस्पताल वा संस्थाहरुलाई कारबाही गर्ने बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.