भार्गव विकास बैंकले चैत ३० गते बोलायो वार्षिक साधारणसभा, नगद लाभांश वितरण गर्ने

  २०७५ चैत १० गते १४:३७     विकासन्युज

काठमाडौं । भार्गव विकास बैंकले आगामी चैत ३० गते वार्षिक साधारणसभा डाकेको छ । संस्थाले सो दिन बिहान १० बजे नेपालगञ्जको भ्यु सिद्धार्थ प्रा.लि.मा उक्त सभा बोलाएको छ ।

सभाले सेयरधनीलाई चुक्ता पुँजीको ६ प्रतिशत अर्थात ३ करोड ९६ हजार रुपैयाँ नगद लाभांश दिने प्रस्तावलाई पारित गर्ने भएको छ ।

सभामा जाने प्रयोजनको लागि चैत २२ गते संस्थाको बुक क्लोज हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.