चन्द्रनिगाहपुरमा हुने प्रथम अन्तराष्ट्रिय कराँते प्रतियोगिताको तयारी पूरा

  २०७५ फागुन ११ गते १६:०१     विकासन्युज

रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा हुने प्रथम अन्तराष्ट्रिय कराँते प्रतियोगिताको तयारी पूरा भएको छ । सितोरियो कराँते संघ रौतहटको आयोजनामा फागुन १७ र १८ गते चन्द्रनिगाहपुरको तुलसीलाल स्मृती रंगशालामा प्रतियोगिता सञ्चालन हुनेछ ।

नेपालका सातै प्रदेश, भारतका बिभिन्न प्रान्त, भुटान र बंगलादेशका खेलाडीले बिभिन्न तौल समुहमा प्रतिष्पर्धा गर्ने सितोरियो कराँते संघ रौतहटले जनाएको छ । । २४ स्वर्ण, २४ रजत र ४८ कास्य पदकका लागि चार देशका खेलाडी बीच प्रतिष्पर्धा हुनेछ । सातै प्रदेश, भारत, भुटान र बंगलादेशका खेलाडीको लागि आवास र खानाको ब्यवस्था भईसकेको आयोजकले जानकारी दिएको छ ।

प्रदेश नं २ मै पहिलो पटक आयोजना हुन लागेको अन्तराष्ट्रिय स्तरको कराँते प्रतियोगितामा आयोजक टिम सहित नेपालका ८ टिमको सहभागिता रहने छ । प्रतियोगितामा चन्द्रपुर नगरपालिका मुख्य सहयोगीका रुपमा रहेको छ भने टेन्सवर्ग बियर सह प्रायोजक रहेको आयोजक संस्थाले जानकारी दिएको छ ।

१७ गते बिहानबाट सुरु हुने र १८ गते साँझ सम्पन्न हुने प्रतियोगिताम चार देशका खेलाडी तथा निर्णायक गरेर करिव चार सय जनाको सहभागिता रहने छ । प्रतियोगितामा महिला र पुरुषतर्फ उत्कृष्ट हुने एक–एक जनालाई नगद पुरस्कारको समेत ब्यवस्था गरिएको आयोजक नेपाल सितोरियो कराँते संघ रौतहटले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.