२०७५ फागुन ७ गते १८:०३ विकासन्युज
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकद्धारा ५ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालयलाई सहयोग गरेको छ । बैंकले ११ औं बर्ष प्रवेशकोे अवसरमा सडक दुर्घटना न्युनिकरण गर्न ५ नं. प्रदेश ट्राफिक प्रहरी कार्यलय बुटवललाई सडक स्पीड ब्रेकर तथा कोन हस्तान्तरण गरेको हो ।
बैंकका संस्थापक अध्यक्ष थानेश्वर पौडेल, सञ्चालक मोहन चापागाई, संस्थापक सञ्चालक श्रीकृष्ण पोखरेल र प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले ५ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक गणेश चन्दलाई स्पीड ब्रेकर तथा कोन हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक चन्दले बुटवल भैरहवा सडक ६ लेण्डको सडक भएपनि सबै ठाउमा आकाशेपुल नभएकाले ठाउ ठाउमा जेब्रा क्रसिङ्गराख्दा दुर्घटना भईरहेकाले यस्ता स्पीड ब्रेकर दुर्घटना न्युनिकरणका लागि पहिलो उपाय भएको बताए ।
स्थानीय समाजसेबि तथा पुर्व वडाअध्यक्ष होम बहादुर गलामीले कालिकानगर क्षेत्रमा दुर्घटना बढेपछी सहयोगीहरु खोजी भइरहेको अवस्थामा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले आफै सडक स्पीड ब्रेकर व्यवस्थापनका लागि सहयोग गरेका छन् । सो अवसरमा बैकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले स्थानीय पूँजी, स्थानीय श्रम, स्थानीय विकास, स्थानीय सम्बृद्धि भन्ने मूल नारा अवलम्वन गरेको बैकले स्थानीय क्षेत्रमा सामाजिक उत्तरदायित्व बहन गर्नुपर्छ भनि दुर्घटना न्युनिकरणका लागि स्पीड ब्रेकर हस्तान्तरण गरेको बताए ।
.
Copyright © 2024 Bikash Media Pvt. Ltd.