भैरहवामा सुबिसुको नयाँ शाखा, सेवाग्राहीलाई ईन्टरनेट तथा टिभी सेवामा विषेश छुट

  २०७५ फागुन ५ गते १८:३०     विकासन्युज

काठमाडौं । सुबिसु केवलनेट (प्रा) लि.ले आफ्नो नयाँ शाखा भैरहवाको मिलनचोकमा विस्तार गरेको छ । नयाँ शाखा कम्पनीका नेशनल सेल्स प्रमुख युवराज कार्की र सिद्धार्थ उद्योग वाणिज्य संघका महासचिब नेत्रप्रसाद आचार्यले उद्घाटन गरेका छन् ।

यस शाखाबाट सुबिसुले भैरहवा तथा यस क्षेत्र वरिपरिका ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै सुबिसु सगँ सम्बन्धित सम्पूर्ण जानकारीहरु प्रदान गर्ने, कम्पनीका विभिन्न सेवाहरुको विक्रि तथा वितरण साथै सेवा पछिको आफ्ना दक्ष तथा अनुभवि कर्मचारीहरुबाट प्रदान गर्नेछ ।

साथै, भैरहवा आसपासका उपभोक्ताहरुलाई समय र ग्राहकको चाहनाअनुसार नयाँ प्रविधी सहितको गुणस्तरीय तथा तीब्र गतिको एफटिटिएच ईन्टरनेट तथा क्लियर टिभी सेवा सहुलियत दरमा प्रदान गर्नेछ ।

क्लियर टिभी मार्फत २ सय ६५ भन्दा बढि (७० भन्दा बढि एच डि) च्यानलहरु हेर्न सकिने छ । साथै, एफटिटिएच सेवामा न्युनतम १५ एमबिपिएस गति देखि १ सय एमबिपिएस गति सम्मको ईन्टरनेट सेवा उपलब्ध रहेको छ ।
यसै अवसरमा कम्पनीले सो क्षेत्रका ग्राहकहरुलाई ईन्टरनेट तथा टिभी सेवामा विषेश छुट प्रदान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.