लाइफ इन्स्योरेन्सको सीईओमा लक्ष्मीप्रसाद दास, बीमा क्षेत्रमा २६ वर्षको अनुभव

  २०७५ माघ १५ गते १५:३१     विकासन्युज

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) (एलआईसी) लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा लक्ष्मीप्रसाद दास नियुक्त भएका छन् । सोमबार बसेको कम्पनी संचालक समितिको बैठकले माघ १५ गतेदेखि लागू हुने गरी इन्स्योरेन्सको सीईओ पदमा नियुक्त गरेको हो ।

नवनियुक्त सीईओ दासले जीवन बीमामा २६ वर्षको अनुभव संगाली सकेका छन् । उनी यसअघि एलआईसी अफ इन्डियामा सिनियर डिभिजनल म्यानेजरको रुपमा कार्यरत थिए ।

साथै, उक्त बैठकले इन्स्योरेन्सको संचालक समितिकाे अध्यक्षको रुपमा हेमन्त भार्गवलाई नियुक्त गरेको छ । जीवन बीमामा ३७ वर्षको अनुभव संगालेका नवनियुक्त अध्यक्ष भार्गव एलआईसी अफ इन्डियाको वर्तमान कार्यकारी अध्यक्ष हुन् ।

त्यस्तै, समितिले प्रमोटर सेयरधनी एलआईसी अफ इन्डियाबाट प्रतिनिधित्व गर्ने बीमकको संचालक समितिका अध्यक्ष भि.के. शर्माले दिएका राजीनामालाई स्वीकृत गरेको छ । उक्त रिक्त स्थान तथा बाँकी कार्यकालसम्मको अवधिका लागि भार्गवलाई संचालक तथा अध्यक्षको रुपमा नियुक्त गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.