२०७५ माघ १३ गते ८:३८ विकासन्युज
चितवन । नेपाली काङ्ग्रेसका युवा नेता गगनकुमार थापाले काङ्ग्रेसमा आत्मविश्वास नभएको बताएका छन् । नेपाली काङ्ग्रेस माडी नगर समितिले माडीमा आयोजना गरेको नगरस्तरीय कार्यकर्ता भेला तथा सम्मान कार्यक्रममा थापाले काँग्रेसमा आत्मविश्वास नभएकाले त्यसलाई बढाउन लाग्नुपर्ने धारणा राखेका हुन् ।
निर्वाचनमा भएका तिक्तता हटाउँदै पार्टीलाई बलियो बनाएर लैजानु अहिलेको आवश्यकता रहेको उनको भनाइ थियो । अहिले काङ्ग्रेस सङ्कटमा परेको भन्दै उनले सङ्कटका समयमा आत्मविश्वास बढाएर अघि बढ्नुपर्ने बताए ।
नेपाली काङ्ग्रेस सङ्कटमा पर्दा सधैँ मुलुक पनि सङ्कटमा पर्ने गरेको भन्दै उनले यो सङ्कटबाट उठाउने जिम्मेवारी पनि काङ्ग्रेसकै काँधमा रहेको बताए । रासस
Copyright © 2024 Bikash Media Pvt. Ltd.