२०७५ माघ ३ गते १५:१४ विकासन्युज
काठमाडौँ । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्वीस बैंकमा आफ्नो खाता नभएको बताएका छन् । सेन्टर फर इन्भेष्टिगेटिभ जर्नलिज्म(सीआइजे) नेपालले तयार गरी सार्वजनिक गरेको समाचारप्रति आइएमई ग्रुपका अध्यक्ष ढकालले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यस्तो बताएका हुन् ।
आज पत्रकार सम्मेलन गरी अध्यक्ष ढकालले सो समाचारमा आफ्नो नाम जोडिएको भन्दै ध्यानाकर्षण भएको बताए । उनले भने–स्वीस बैंकमा खाता छैन, पैसापनि छैन, भए राज्यले जफत गरोस् ।
बुधबार सार्वजनिक भएका पाँच समाचार र त्यससँग सम्बन्धित सम्पादकीयमा इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नलिज्म(आईसीआइजे) सँग उपलब्ध प्राडाइज पेपर, पनामा पेपर स्वीस लिंकमा आधारित रहेको व्यवसायी ढकालले बताए । पत्रकार सम्मेलनमा व्यवसायी ढकालले भने– प्राडाइज पेपर, पनामा पेपर र स्वीस लिंकमा आफू र कम्पनीको नाम कहीँकतै जोडिएको छैन ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.