लोक सेवा आयोगले खुलायो सातै प्रदेशबाट १९२ जना नासुका लागि जागिर

  २०७५ पुष २५ गते ९:३४     विकासन्युज

काठमाडौं । लोक सेवा आयोगले १९२ जना नायब सुब्बा(नासु)को जागिर खुलाएको छ । आयोगले बुधबार सार्वजनिक सूचना प्रकाशित गरेर खुल्ला तथा समावेशी कोटामा सो मात्रामा नायब सुब्बाका लागि दरखास्त आव्हान गरेको हो ।

न्युनतम दस्तुर तिरेर माघ १५ गतेसम्म फारम भर्न सकिन्छ भने दोब्बर दस्तुर तिरेर माघ २२ गतेसम्म फारम भर्न सकिनेछ । आयोगले धनकुटा, जलेश्वर, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र दिपायल कार्यालयका लागि दरखास्त आव्हान गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.