टाटा मोटर्सको ‘विंगर मिनीबस’ सार्वजनिक, मूल्य ३० लाख ८० हजार, यस्ता छन् विशेषता

  २०७५ पुष १३ गते १७:३९     विकासन्युज


काठमाडौं । टाटा मोटर्सको नेपालस्थित आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नेपालमा बढ्दो टुर र ट्राभललाई लक्षित गरेर नयाँ उत्पादन “विंगर मिनिबस” सार्वजनिक गरेको छ । ३० लाख ८० हजारबाट शुरू हुने विंगर मिनिबस काठमाडौं, इटहरी र बुटवल गरी तीन वटा बजारमा चरणवद्ध रूपमा सार्वजनिक गरेको टाटा मोटर्सका भिपि(प्रडक्ट लाइन एससिभि), बिनय पाठकले बताए ।

समारोहमा बोल्दै सिप्रदी ट्रेडिङ प्रालिका सिईओ राजनबाबु श्रेष्ठले भने, “टाटा मोटर्ससँगको हाम्रो सम्वन्ध अगस्ट १९८२ देखिको हो । यी वर्षहरूमा, टाटा मोटर्सले नेपाली बजारमा उसको स्थान विस्तार गरेको छ र सिप्रदीमा रहेर हामीले यी उत्पादनहरूलाई समृद्ध खरिद अनुभव र विक्रीपछिको उच्चस्तरीय सेवा सहायताको माध्यमबाट सहयोग जारी राख्नेछौं ।

रूट एप्लिकेसन र टुर र ट्राभल्स खण्डका लागि विशेष रूपमा विकास गरिएको विंगर मिनिबसले यात्रुहरूका लागि अद्वितीय आराम र अपरेटरका लागि सुबिधा प्रदान हुने कम्पनीले जनाएको छ । टाटा विंगर मिनीबस ५४५८ मिमी लामो छ र १५ इन्चको ह्विल क्याप भएको टायरसहित आउँछ जसले सवारी साधनलाई स्टाइलिस देखाउँछ र ग्राउन्ड क्लियरेन्स १८० मिमी दिन्छ ।

१९०० मिमी र ६.३ इन्चको आन्तरिक उचाइँले यात्रुहरूको चाललाई सजिलो बनाउन मद्दत गर्दछ । लामो दूरीको यात्राका लागि, विंगर मिनीबसले ६०० लिटरको पर्याप्त लगेज स्थान उपलब्ध गराउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.