सरकार शहर केन्द्रित, गाउँ विकासको आयोजना अन्योलमा

  २०७५ पुष १३ गते १५:२८     विकासन्युज

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा सांसदहरुले स्थानीय तहमा केन्द्रीय सरकारको उपस्थिति नभएको भन्दै विकास निर्माणको काम प्रभावित भएको बताएका छन् । विगतमा केन्द्रीय सरकारको बजेटबाट अगाडि बढाइएका विकास निर्माण, खानेपानी तथा स्वास्थ्य तथा शिक्षाका योजना अलपत्र परेको भन्दै ती परियोजना स्थानीय तह र प्रदेश सरकारले समेत ध्यान नदिएकोमा जानकारी दिएका छन् ।

सांसद गोपालबहादुर बमले विगतका योजना अलपत्र परेका कारण स्थानीय जनता समस्यामा तत्काल विशेष ध्यान दिन सरकार र सदनको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बैठकको शून्य समयमा सांसद डा अमरेशकुमार सिंहले चिनी मिलले उखु क्रसिङ शुरु नगर्दा किसान मर्कामा परेको भन्दै तत्काल उखुको समर्थन मूल्य तोक्न र उखु क्रसिङ शुरु गराउन सरकारले पहल गर्नुपर्ने बताएका छन् ।

सांसद खगराज अधिकारीले मादी करिडोरको बजेट हराएको भन्दै खोजी गरिदिन सरकार र सदनको ध्यानकर्षण गराएका छन् । सो करिडोरको बजेट केन्द्र सरकारसँग पनि छैन, प्रदेशले पनि पाएको छैन । यस्तै केही सांसदले विकास निर्माणको कामको जिम्मा लिएका निर्माण व्यवसायीले अलपत्र पारेको भन्दै त्यस्ता व्यवसायीलाई कारवाही गर्न माग गरेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.