ज्योति विकास बैंक सल्यानको कपुरकोटमा, थप १० वटा खोल्ने तयारी

  २०७५ मंसिर २१ गते १८:१६     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले सल्यान जिल्लाको कपुरकोटमा नयाँ शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन कपुरकोट गाउँपालिका अध्यक्ष भिमबहादुर सेन तथा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रुपमा गरेका हुन् ।

हाल बैंकले ८० वटा शाखा कार्यालय संचालनमा ल्याएको छ । साथैं, बैंकले २२ वटा एटीएम मार्फत सेवा दिँदै आइरहेको छ ।

बैंकले यसै आर्थिक वर्ष भित्र थप १० वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटीएम संचालनमा ल्याउने तयारी गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.