२०७५ मंसिर १० गते १६:३८ विकासन्युज
काठमाडौं । भारतको कनफेडेरेसन अफ इन्डिया इन्डस्ट्री(सीआईआई)ले आयोजना गरेको कनम्याक २०१८मा केश कन्ट्रक्सनको ३० वटा मेसिन बुकिङ्ग भएको छ । भक्तपुरको खुल्ला चौरमा भएको उक्त मेलामा करिव एक हजार दर्शकले अवलोकन गरेका छन् ।
मेलामा १५० स्टलहरु रहेका थिए । कनम्याकको मुख्य गेटमै रहेको स्टलमा केश कन्ट्रक्सनले मोटर ग्रेडर, कम्प्याक्टर, ब्याक्हो लोडर प्रर्दशनीमा राखेको थियो । ब्राजिलमा उत्पादित केश मोटर ग्रेडर मुख्य आर्कषणको रुपमा रहेको थियो भने भारतको मध्यप्रदेशको पितम्पुरमा उत्पादित केश ब्याक्हो लोडर ८५१ इक्स प्रो, ७५२ टेन्डम रोलर, ११०७ इक्स डि भाइबे्रसन रोलर र ४५० डि एक्स मिनि रोलरको प्रर्दशनी गरिएको थियो ।
उक्त प्रर्दशनीमा मेसिन खरिद गर्ने ग्राहकको लागि उपहारको व्यवस्था गरिएको थियो । केशमोटर ग्रेडर खरिदमा ब्राजिल भ्रमण, केश ब्याक्हो लोडर ८५१ इक्स प्रो, ७५२ टेन्डम रोलर, ११०७ इक्स डि भाइब्रेसन रोलरमा टिभिएस अपाचे बाइक सितैमा र ४५० डि एक्स मिनि रोलरमा थाइल्याण्डको भ्रमण रहेको थियो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.