२०७५ मंसिर २ गते १६:४५ विकासन्युज
काठमाडौं । सुदूरपश्चिमकाे आर्थिक क्षेत्र उकास्ने उद्देश्यले व्यवसायीलाई लगानी गर्न प्रोत्साहन गरिएकाे छ । मामिला तथा योजनामन्त्री झपट बोहोराले आफ्नो प्रदेश लगानीका लागि उपयुक्त ठाउँ भएको भन्दै चितवनका उद्योगी र व्यवसायीलाई लगानी गर्न आग्रह गरेका छन् ।
बोहोराले दुईतीन महीना भित्रमा आवश्यक ऐन पारित गरी लगानी सम्मेलन गर्न लागिएको पनि जानकारी दिएका छन् । नयाँ उद्योगहरुलाई करका दरमा छुट दिइने भन्दै सुदूरपश्चिम लगानीका लागि राम्रो प्रतिफल दिने क्षेत्र बन्ने जनाए । जलविद्युत्, पर्यटन, केबुलकार, हवाई सेवा, उच्च मूल्यका जडीबुटीको विकास र विस्तार, कृषि र पशुपक्षी पालनमा बढी सम्भावना रहेको छ ।
चितवनमा रहेका धेरै उद्योगी र व्यवसायीलाई प्रदेश सरकारले उद्योगका लागि स्थान तोकेर भाडामा जग्गा उपलब्ध गराउने भएका छन् । मन्त्री बोहोराले अन्तर प्रदेशका बीचमा समन्वय गरेर काम गरेमा सबै प्रदेशलाई फाइदा पुग्ने उल्लेख गर्दै यसबाट ऐन कानूनहरु, नियमावली, कार्यविधिमा एकरूपता दिन सकिने बताएका छन् ।
अन्तर प्रदेश बीचमा निर्भरता बढाउनुपर्ने भन्दै एक प्रदेशले अर्को प्रदेशमा सम्भावित क्षेत्रहरुमा लगानी बढाउनुपर्ने भनाई रहेको छ । रासस
Copyright © 2024 Bikash Media Pvt. Ltd.