उपत्यकामा नयाँ रुट सुरु हुँदै, हेर्नुहोस् अब यो रुटमा मात्रै गुड्नेछ सार्वजनिक यातायात

  २०७५ कार्तिक २८ गते ७:०९     खेमराज श्रेष्ठ

काठमाडौं । यातायात व्यवस्था विभागले उपत्यकामा गुड्ने सार्वजकि सवारीलाई नयाँ रुटमा गुडाउने भएको छ । उपत्यको सवारी जामलाई कम गर्ने उदेश्यले विभागले नयाँ रुट निर्धारण गर्न लागेको हो ।

२ महिनाभित्रै नयाँ रुट लागू गर्ने विभागले तयारी गरेको छ । विभागले १५ वटा प्राथमिक रुट क्षेत्र निर्धारण गरेको छ । जसअन्तर्गत सबैभन्दा लामो रुट रिङ रोडलाई राखेको छ । चोक सहित र चोक रहित गरि रिङ रोडलाई २ भागमा विभाजन गरिएको छ । दुबै रुटको लम्बाई २७.३ किलोमिटर राखिएको छ ।

प्राथमिक रुट अनुसार नयाँ बस पार्क गोंगबुबाट सुरु भएर नारायणगोपाल चोक, चाबहिल -गौशाला -एअरपोर्ट- कोटेश्वर -बालकुमारी ग्वार्को -सातदोबाटो -बल्खु -कलंकी -स्वयम्भु हुँदै नयाँ बसपार्क आउँनेछ ।

यस्तै, प्राथमिक रुट चोक रहित अनुसार बुढानिलकण्ठबाट, चपली- हत्तिगौडा- गोल्फुटार – बाँसबारी- नारायणगोपाल चोक- महाराजगंज- लाजिम्पाट- लैनचौर- दरबारमार्ग- पुरानो बसपार्क- शहीदगेट- त्रिपुरेश्वर- थापाथली- कुपोंडोल- पुल्चोक- जावलाखेल हुँदै लगनखेल पुग्नेछ ।

यसैगरी विभागले अन्य रुटहरुमा बुढानिलकण्ठदेखि लगनखेल, लगनखेलदेखि बुढानिलकण्ठ, पुरानो बसपार्कदेखि भक्तपुर, भक्तपुरदेखि पुरानो बसपार्क, नागढुङगादेखि मुलपानी, मुलपानीदेखि नागढुङगा, मुलपानीदेखि लगनखेल, लगनखेलदेखि मुलपानी, नयाँ बसपार्कदेखि नयाँ बसपार्क, बालकुमारी पुलदेखि बालकुमारी पुल, लगनखेलदेखि गोदावरी र गोदावरीदेखि लगनखेल रुट छुट्याएको छ ।

विभागले अहिले प्रारम्भिक अध्ययन मात्र गरिरहेको र व्यवहारिक अध्ययन गर्न बाँकी रहेको विभागका प्राविधिक सल्लाहकार पदम बहादुर शाहिले बताए ।

यस्तो छ विभागले बनाएको नयाँ रुट

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.