चन्द्रागिरि केवलकार दशैंभर सञ्चालनमा, टिकाको दिन पनि बिहान १० बजेदेखि खुल्ने

  २०७५ असोज २९ गते १६:२४     विकासन्युज

चन्द्रागिरि । चन्द्रागिरि हिल्स लिमिटेडद्धारा प्रवद्र्धित चन्द्रागिरि केबलकार लगायका अन्य सेवाहरु दशैं विदाका सम्पूर्ण दिनहरूमा संचालनमा आउने भएको छ । दैनिक काममा व्यस्त रहने दर्शनार्थीहरू एवम् आन्तरिक तथा बाह्य पर्यटकहरूको सुविधालाई ध्यानमा राखेर बिदाको दिनमा सेवादिने निर्णय चन्द्रागिरि हिल्स व्यवस्थापनले लिएको छ ।

चन्द्रागिरि हिल्स परिसरमा संचालित सम्पूर्ण सेवाहरु विदाका दिनमा समेत साविक बमोजिम नै संचालनमा आउने व्यहोरा सम्बन्धित सवैको जानकारीका लागि अनुरोध गरिएको छ ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.