ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा महेश शर्मा ढकाल नियुक्त

  २०७५ असोज २५ गते १७:१२     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंककोे नायव प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा महेश शर्मा ढकाल नियुक्त भएका छन् । बैंकमा सिनियर डेपुटी जनरल म्यानेजरको रुपमा कार्यरत रहेका ढकालले असोज २५ गतेदेखि बैंकको नायवप्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हालेका छन् ।

अर्थशास्त्रमा स्नातकोत्तर ढकाल चार्टर्ड एकाउन्टेन्ट समेत हुन् । बैंकिङ् क्षेत्रमा १८ वर्षभन्दा बढिको अनुभव सँगालेका ढकाल तत्कालिन टुरिजम डेभलपमेन्ट बैंक र सिद्धार्थ डेभलपमेन्ट बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा र नेपाल बैंकमा डेपुटी जनरल म्यानेजरको साथै केहि समय व्यवस्थापन समूहको संयोजकको रुपमा रहेका थिए । ढकाल तत्कालिन कर्मज एण्ड ट्रष्ट बैंकमा समेत कार्यरत रहेका थिए ।

साथै, उनीसंग विभिन्न संघसंस्थाहरुको संचालक समितिमा रहि कार्य गरेको अनुभव समेत रहेको छ । नवनियुक्त नायब सीईओ ढकाल हाल नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको पार्षद समेत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.