२०७५ असोज २४ गते १५:४३ विकासन्युज
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले दक्षिण कोरियाबाट पनि ‘मेगा रेमिट’को सेवा शुरु गरेको छ । कम्पनीले दक्षिण कोरियाको जी–मनी ट्रान्स कम्पनीसँग सम्झौता गरी सोही देशमा ‘मेगा रेमिट’ सेवा शुभारम्भ गरेको हो ।
सम्झौता अनुसार, अब दक्षिण कोरियामा रहेका जी-मनी ट्रान्सका जुनसुकै शाखाबाट मेगा बैंकमा ‘मेगा मातृभूमि बचत खाता’ खोल्न र तुरुन्तै रकम स्वदेश पठाउन सकिन्छ ।
शून्य मौज्दातमै खोल्न सकिने ‘मेगा मातृभूमि बचत खाता’मा बैंकले विभिन्न सुविधा पनि दिएको छ । यो खाता अनलाइन मार्फत कुनै पनि ठाँउबाट खोल्न सकिने छ । यस खातामा ७ प्रतिशत वार्षिक ब्याज पाइन्छ भने मोबाइल बैंकिङ, अनलाइन बैंकिङ, एबीबीएस, बैंक स्टेटमेन्ट लगायतका सुविधाहरु निःशुल्क गरिएको छ । साथै, भिसा डेबिट कार्डमा २५ प्रतिशत छुटको पनि व्यवस्था गरिएको बैंकले जनाएकाे छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.