नेपाली खुट्टामा स्वदेशी जुत्ताः जुत्ता घरमा दशैं तिहार अफर, ५० प्रतिशतसम्म छुट

  २०७५ असोज २१ गते १७:२७     विकासन्युज

काठमाडौं । नेपाली जुत्ता घरले दशैं तिहारका अवसरमा २० देखि ५० प्रतिशसम्म छुट अफर ल्याएको छ । अब जुत्ता घरमा लेडिज र जेन्स दुबैका लागि आवश्यक सबै प्रकारका जुत्ता चप्पल पनि उपलब्ध छन् । नेपाली जुत्ता चप्पल बेचिरहेको नेपाली जुत्ता घरले परिवारका सबै सदस्यहरुले एकै ठाउँबाट जुत्ता किन्न सकुन भन्ने उदेश्यले लेडिज आइटम पनि थपेको जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले बताए ।

नेपाली जुत्त घरका आउटलेटहरुमा शुल्याण्ड ब्राण्डका स्याण्डलहरु १०० भन्दा बढि आइटम थपिएका हुन् । सबै नेपालीका खुट्टामा नेपाली जुत्ताको उदेश्यसहित नेपाली जुत्ता घरले त्यस्तो सुबिधा उपलाब्ध गराएको हो । नेपाली जुत्ता घरमा ६ महिनाको वारेण्टीसहितका जुत्ता चप्पल खरिद गर्न पाइन्छ ।

४ सय रुपैंयाँदेखि ५ हजार मूल्यसम्मका जुत्ताहरु पाइन्छन् । ‘सबै नेपालीका खुट्टामा नेपाली जुत्ता होस भन्ने हाम्रो कामना हो, दशैंमा नयाँ जुत्ता किन्नेहरुले नेपाली जुत्ता लगाएर स्वदेशी उत्पादनलाई माया गरुन भनेर ५० प्रतिशतसम्म छुट दिएका छौं’, जुत्ता घर प्रालीका अध्यक्ष होमनाथ उपाध्यायले भने ।

नेपाली जुत्ता घर अब तपाईको नजिकैसम्म आईपुगिसकेको छ । काठमाडौं उपत्यका र पोखरामा गरि ६ वटा आउटलेट विस्तार भैसकेका छन् । काठमाडौंमा जमलको नाँचघरमा, माछापोखरीको बुद्धमलमा शोरुम छ । महाराजगंज चक्रपथबाट गंगालाल अस्पताल जानेबाटोमा १०० मिटर अगाडी दायाँ तर्फ छ, बागबजारमा अद्धैत मार्ग्स्थितमा (विश्वभाषा क्याम्पस पछाडी), कुमारीपाटीमा कुमारी बैंकको ठिक अगाडी नेपाली जुत्ता घरका आउटलेट छन् ।

पोखरामा सिद्धार्थ चोक स्थित चिप्लेढुंगामा नेपाली जुत्ता घरको आउटलेट छ । नेपाली जुत्ता घरमा बिएफ डिअर हिल सुज, शिखर, कोशेली, क्रसरोड, स्काई सुज, टाकुरा, लेदर विंग्स, शु ल्याण्ड, सफ्ट टच ब्राण्डका जुत्ता छानीछानी खरिद गर्न सकिन्छ । एकापसमा प्रतिष्पर्धा गरिरहेका नेपाली ब्राण्डहरुले सामुहिक बिक्रि केन्द्रको अवधारणामा जुत्ता घरको आरम्भ गरेका हुन् ।

‘नेपाली जुत्ता पारखीहरुका लागि सबै कम्पनीका जुत्ताहरु एकै ठाउँमा किन्ने अवसरका लागि हामीले जुत्ता घर खोलेका थियौं, दशैंमा सुबिधा पनि दिनुपर्छ भनेर छुट अफर पनि ल्याएका छौं’, उपाध्यायले भने । बजार विस्तारमा प्रतिष्पर्धा गरिरहेका ब्राण्डहरुले एउटै शोरुमबाट आ आफ्ना उत्पादनहरुको प्रवद्र्धन गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.