प्रहरीमा ७ हजार २७६ जनालाई रोजगारी, खेलाडीदेखि इन्सपेक्टरसम्म

  २०७५ असोज १५ गते १०:५७     विकासन्युज

काठमाडौँ । नेपाल प्रहरीले कार्यालय सहयोगी, जवानदेखि इन्सपेक्टरसम्म नयाँ भर्ना खुलाएको छ । जसमा खेलाडीको संख्या पनि उल्लेख्य छ । ७ हजार २ सय ७६ जनाका लागि भर्ना खुलाएकोमा सबैभन्दा बढी प्रहरी जवानमा ६ हजार २ सय ४४ जना रहेको छ । प्रहरी निरीक्षकमा १०८ जना र प्रहरी सहायक निरीक्षकतर्फ ५ सय २४ जनाका लागि दरखास्त आह्वान गरिएको छ ।

यसैगरी प्रहरी कार्यालय सहयोगी खेलाडी पदमा ३० जना माग गरिएको छ । जसअन्तर्गत फुटबल, भलिबल, क्रिकेट, तेक्वान्दो, भारोत्तोलन, कँराते, जुडो, एथ्लेटिक्स, बक्सिङ, ब्याडमिन्टन लगाएताका विधामा दरखास्त दिन पाइने छ ।
यही असोज १८ देखि कात्तिक २९ गतेसम्म दरखास्त फारम बुझाउन सकिनेछ ।

प्रहरी जवान पदका लागि काठमाडौं, ललितपुर, भक्तपुरसहित सबै जिल्ला प्रहरी कार्यालय तथा प्रदेश प्रहरी कार्यालयमा दरखास्त बुझाउन सकिने छ ।

प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदका लागि भने महानगरीय प्रहरी कार्यालय, रानीपोखरी तथा सातवटै प्रदेश प्रहरी कार्यालयमा फाराम बुझाउने व्यवस्था मिलाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.