कुमारी बैंकका ग्राहकलाई नेपाल क्यान्सर अस्पतालमा १० प्रतिशत छुट

  २०७५ भदौ ३ गते १७:५४     विकासन्युज

काठमाडौं । कुमारी बैंक लिमिटेडका ग्राहकले नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर(राजीव गान्धी क्यान्सर संस्थान तथा रिसर्च सेन्टरसँग आबद्ध)मा उपचार गराउँदा १० प्रतिशत छुट पाउने भएका छन् ।

दुई संस्थाबीच हालै भएको सम्झौतामा बैंकका ग्राहकले सातदोबाटाको उक्त अस्पतालमा उपचार गराउँदा विभिन्न औषधोपचार सेवामा सो मात्राको छुट पाउने भएका हुन् ।

उक्त सम्झौतापत्रमा कुमारी बैंकका तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीब गिरी र अस्पतालका तर्फबाट कार्यकारी अध्यक्ष डा.सुदीप श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

यसअघि कुमारी बैंकले देशविदेशका विभिन्न अस्पतालहरुबाट उपचार गराउँदा आफ्ना समस्त ग्राहकलाई कुमारी डेबिट/क्रेडिट कार्डको प्रयोग गर्दा विशेष छुटको सुविधा दिँदै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.