आरएमडीसीकाे एकदिने अन्तर्क्रिया कार्यक्रम सम्पन्न, २८ जना प्रतिनिधीको सहभागिता

  २०७५ साउन २९ गते १८:४५     विकासन्युज

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडद्धारा आयोजित १ दिने अन्तर्क्रिया कार्यक्रमको सम्पन्न भएको छ । वित्तीय पहुँच अभिवृद्घी तथा उद्यमशिलाको विकासमार्फत देशमा आत्मनिर्भरता अभिवृद्धी र गरिबी न्यूनीकरण गर्न आरएमडीसी र सहकारी संस्थाहरुको साझेदारी बारेमा जानकारी गराउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

इटहरीमा आयोजित उक्त कार्यक्रममा नेपालका पुर्वी भागमा रहेकोका विभिन्न सहकारी संस्थाहरु, ग्रामीण उद्यम तथा विप्रेषण (समृद्धी) आयोजनासँग सहकार्य गरिरहेका सहकारी संस्थाहरु र प्लान इन्टरनेशनल तथा सेवक नेपालद्धरा प्रवद्र्धन गरेका विभिन्न सहकारी संस्थाका २८ जना प्रतिनिधीहरुको उपस्थीति रहेको थियो ।

कार्यक्रमको अध्यक्षता आरएमडीसीका वरिष्ठ प्रबन्धक पृथबहादुर थापाले गरेका थिए भने कार्यक्रमको संचालन इटहरी शाखाका शाखा प्रबन्धक गोबिन्दप्रसाद पौडेलले गरेका थिए ।

आरएमडीसीले संस्थागत विकास तथा क्षमता अभिवृद्धीका लागी सहयोगी भुमिका निर्वाह गर्दछ भने वित्तीय सुशासन कायम नगर्ने, नितीनियम भन्दा बाहिर जाने सहकारीहरुसँग आरएमडीसी कडा रुपमापनि प्रस्तुत हुने हुँदा बजारमा आरएमडीसी एउटा ब्राण्डको रुपमा रहेको प्रबन्धक थापाले बताए ।

उनले कसरी आरएमडीसी र सहकारी संस्थाहरुको साझेदारीमा कसरी संस्थाहरुको संस्थागतविकास तथा क्षमता अभिवृद्धी, वित्तीय पहुँच अभिवृद्धी गरी उद्यमशिलताको विकास मार्फत आत्मर्निभर भै गरिबि न्युनीकरण गर्न सकिन्छ भन्ने बारेमा पनि चर्चा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.