२०७५ असार ३२ गते १९:०१ विकासन्युज
काठमाडौं । पोर्चुगलका स्ट्रार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो इटाली लागेका छन् । १२० मिलियन युरोमा इटालियन क्लब युभेन्टस्ले अनुबन्ध गरेपछि रोनाल्डो आइतबार इटाली लागेका हुन् ।
उनलाई इटालीमा भव्य स्वागत गरेको छ । उनको समर्थनमा रंगशालामा हजारौं पुगेका छन् । आइतबार नै रोनाल्डोको मेडिकल भैसकेको छ भने केहि दिनमा अभ्यासमा उत्रिने छन् ।
युभेन्टसले रोनाल्डोलाई ४ वर्षका लागि अनुबन्ध गरेको छ । ३३ वर्षिय रोनाल्डोलाई रियल म्यड्रिडले उत्कृट लयमा छदै बेचेको हो । उनले म्याड्रिडमा ९ वर्ष विताएका थिए ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
Copyright © 2024 Bikash Media Pvt. Ltd.