१ बर्षमै १४ हजार किशोरीले गरे गर्भपतन, काठमाडौंमा धेरै, रसुवा, बझाङ र रुकुममा शुन्य

  २०७५ असार ८ गते १२:०७     राजाराम न्याैपाने

काठमाडौं । एक बर्ष मै १४ हजार भन्दा बढि किशोरीले गर्भपतन गराएको सरकारी तथ्याँकले देखाएको छ । स्वास्थ्य सेवा विभागका अनुसार नेपालमा आर्थिक वर्ष २०७३/७४ को १४ हजार ३६९ जना युवतीले गर्भपतन गराएका हुन् । गर्भपतन गराउने युवतीहरु सबै २० बर्षभन्दा मुनीका किशोरीहरु छन् । उनीहरु सबै स्कुल तथा कलेजमा अध्ययन गर्छन् ।

गर्भपतन गराउनेमध्ये ६ हजार १९६ जना युवतीहरुले औषधी प्रयोग गरेको विभागले जानकारी दिएको छ । यस्तै ८ हजार १७३ जना किशोरीले शल्यक्रिया गरी गर्भपतन गराएका थिए । यसरी गर्भपतन गराउनेमध्ये अधिकांश युवतीहरु अविवाहित छन् । गत आर्थिक वर्ष २०७२/७३ को १४ हजार ६९९ जना किशोरीले २० वर्ष नपुदै गर्भपतन गराएको विभागले जानकारी दिएको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष केही कमी आएको छ ।

सबैभन्दा धेरै गर्भपतन प्रदेश नम्बर ३ को काठमाडौँ जिल्लामा भएको छ । विभागका अनुसार काठमाडौंमा मात्रै १ वर्षमा ३ हजार ११३ जना किशोरीले २० वर्ष नपुदै गर्भपतन गराएका छन् । जसमा १ हजार ७६५ जनाले औषधी प्रयोग गरेका थिए । १ हजार ३४८ जनाले अप्रेसन मार्फत गर्वपतन गराएका थिए । प्रदेश नम्बर ३ कै रसुवामा भने गर्भपतन नभएको विभागले जानकारी दिएको छ ।

प्रदेश नम्बर ५ को दाङ जिल्लाका २ हजार ४१ जना किशोरीले २० वर्ष नपुदै गर्भपतन गराएका थिए । ३ वटा जिल्लामा २० वर्ष मुनिका केटीहरुले गर्वपतन नै गराएका छैनन् । जसमा रुकुम, हुम्ला र सुवामा कसैले पनि गर्भपतन गराएको तथ्याँक छैन् ।

सकेसम्म गर्भ रहन नदिनको लागि यौन सम्पर्कको समयमा परिवार नियोजनका अस्थायी र स्थायी साधनहरुको प्रयोग स्वाथ्यकर्मीहरुले सुझाव दिने गरेका छन् । गर्भपतन गरेको १० दिन भित्र तुरुन्तै अर्को गर्भ रहनसक्ने सम्भावना भएकोले गर्भपतन गरिसकेपछि तत्काल परिवार नियोजनको साधनको प्रयोग गर्नुपर्ने चिकित्सकहरु बताउछन् ।

नेपालमा कानुनले नै केटीको र केटाको उमेर २० वर्ष भनेर तोकेको छ । सुरक्षीत गर्भपतन महिलाहरूको प्रजनन अधिकार हो । नेपालमा सुरक्षित गर्भपतन सेवा प्रक्रिया २०६० ले १२ हप्तासम्मको गर्भ ‘गर्भवती महिला’को मञ्जुरीमा पतन गर्न सकिने व्यवस्था गरेको छ ।
त्यस्तै, महिलको स्वास्थ्यमा असर र हाडनाता भएको अवस्थामा १८ हप्तासम्मको गर्भपतन गर्न पाइने व्यबस्था छ ।

लिङ्ग पहिचान गरेर, गर्भवती महिलाको सहमतिविना र १२ हप्ताभन्दा बढिको गर्भपतन गराउन कानूनले बन्देज लगाएको छ । अप्ठ्यारो परिस्थितिमा विशेषज्ञ र अनुमति प्राप्त चिकित्सकले मात्र १८ हप्तासम्मको गर्भ फाल्न पाउने व्यबस्था रहेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.