केपी ओलीको चीन भ्रमणसँगै रेल निर्माणले गति लिन्छः भीम रावल

  २०७५ असार ३ गते १८:०८     विकासन्युज

काठमाडौं । नेकपाका स्थायी समिति सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणसँगै रेल निर्माणले गति लिने दावी गरेका छन् । उनले ओलीको चीन भ्रमणसँगै केरुङ–काठमाडौं रेलमार्ग निर्माणले गति लिने दावी गरेका हुन् ।

उनले रसुवागढी हुँदै नेपाल र चीन जोड्ने रेल निर्माणको सहमतिलाई ठोस रुपमा कार्यान्वयन गर्ने पहल पनि यो पटकको भ्रमणमा हुने विश्वास दिलाए । उनले भने,‘अहिलेसम्म आएको जानकारी अनुसार वर्तमान प्रधानमन्त्री नै प्रधानमन्त्री हुनु भएको बेलामा १० बुँदे सहमति भएका थिए, ती १० विषयहरुका साथसाथै अरु थप विषयहरुमापनि सहमति तथा सम्झौता हुने कुरा जानकारीमा आएको छ, प्रधानमन्त्रीको यो भ्रमणसँगै रेल निर्माण सहमतिले गति लिन्छ ।’

राजधानीमा आयोजीत एक कार्यक्रममा रावलले चीनसँग पारवाहन तथा यातायातसम्बन्धी सम्झौताबारे प्राटोकलमा हस्ताक्षर हुनसक्ने पनि जनाए । यसअघि चीनसँग भएको १० बुँदे सहमतिहरुमा सबैभन्दा महत्वपूर्ण, उल्लेखनीय र दिर्घकालिन चरित्रको विषयहरुमा नेपालले चीनीयाँ भूमी भएर पारवाहन सुविधाको उपभोग गर्न पाउने कुरा रहेको बताउँदै रावलले भने,‘हामीले यसभन्दा अगाडि जहिल्यैपनि पारवाहन सुविधाको कुरा गर्नेवित्तिकै भारतमात्रै गर्ने कुरा थियो, तर अब त्यसो होईन, नेपालले भारतबाटपनि चीनबाटपनि भुपरिवेष्ठित मुलुकको हैसियतबाट पारवाहन सुविधा लिनसक्छ, पाउँछ, यो अन्र्तराष्ट्रिय कानूनबाट प्रदत्त कुरा हो भन्ने कुरालाई हामीले स्थापित गरेका छौं ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.