२०७५ जेठ ७ गते १७:०८ विकासन्युज
काठमाडौं । मुलकमा रहेको बन्द तथा रुग्ण सरकारी उद्योगहरुलाई निजी तथा साझेदारी रुपमा सञ्चालन गरिने भएको छ ।
सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्षको निती तथा कार्यक्रम पस्तुत गर्दै मुलुकका विभिन्न बन्द र रुग्ण उद्योगहरुलाई सम्भावनाको आधारमा निजी तथा साझेदारीको रुपले सञ्चालन गरिने बताइन् ।
मुलुकमा रहेको चिनी, छाला जन्य तथा सिमेन्ट लगायतको उद्योगहरुलाई निर्यातमूखी बनाइने उनको भनाइ छ ।
त्यस्तै उनको अनुसार फलामको उत्पादन प्रसोधन, जुट, गलैँचा, धागो उद्योगहरुलार्इ समेत अध्ययन अघि बढाइ निर्यातमूखी उद्योगको रुपमा सञ्चालन गरिनेछ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.