बन्द रुग्ण उद्योगलाई सरकारले निजी, साझेदारीमा सञ्चानल गर्ने

  २०७५ जेठ ७ गते १७:०८     विकासन्युज

काठमाडौं । मुलकमा रहेको बन्द तथा रुग्ण सरकारी उद्योगहरुलाई निजी तथा साझेदारी रुपमा सञ्चालन गरिने भएको छ ।


सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्षको निती तथा कार्यक्रम पस्तुत गर्दै मुलुकका विभिन्न बन्द र रुग्ण उद्योगहरुलाई सम्भावनाको आधारमा निजी तथा साझेदारीको रुपले सञ्चालन गरिने बताइन् ।

मुलुकमा रहेको चिनी, छाला जन्य तथा  सिमेन्ट लगायतको उद्योगहरुलाई निर्यातमूखी बनाइने उनको भनाइ छ ।

त्यस्तै उनको अनुसार फलामको उत्पादन प्रसोधन, जुट, गलैँचा, धागो उद्योगहरुलार्इ समेत अध्ययन अघि बढाइ निर्यातमूखी उद्योगको रुपमा सञ्चालन गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.