अष्ट्रेलियाको ला ट्रोब बिजनेश स्कुलले नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने

  २०७५ जेठ ६ गते १६:३६     विकासन्युज

काठमाडौं । नेपाली विद्यार्थीहरूलाई ला ट्रोब विश्वविद्यालय, अष्ट्रेलियाले नेपाली विद्यार्थीलाई छात्रवृति दिने भएको छ । छात्रवृति विश्वविद्यालयका प्रमुख, प्रोफेसर जेन ह्यापमिल्टनले नेतृत्व गरेको एक टोली काठमाडौं आएको हो ।

विद्यालयले नेपालका विद्यार्थीहरूको मागलाई ध्यानमा राखी बिजनेश स्कुलले जनवरी महिनाबाट पोष्ट ग्रायाजुएट बिजनेश कोर्शहरूमा नयाँ भर्ना सुरु गरेको छ । नयाँ भर्नासगै पठनपाठन छिटो सम्पन्न गर्न यस स्कुलले द्र्रुत अध्ययन कार्यक्रमहरु शुरु गरेकको हो ।

सम्बन्धित उद्योगहरूको आवश्यकता पूर्ति गर्नको लागि र रोजगार बजारमा देखिएका पछिल्ला प्रवृत्तिहरूलाई ध्यानमा राखी नयाँ कार्यक्रमहरू पनि आरम्भ गरिएको छ ।

विद्यार्थीहरूका लागि उत्कृष्ट तर अवसरहरू सिर्जना गर्ने निरन्तरको प्रयासले ला ट्रोब बिजनेश स्कुल नेपालमा आएको विद्यालयले जनाएको छ । हाम्रो नयाँ पोष्ट ग्रायाजुएट बिजनेश कोर्शहरूमा भर्ना कार्यक्रम र एक वर्षमा नयाँ भर्ना लिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.