३३ अंकले नेप्से बढ्दा सबै सूचक हरियाली, साढे ५ अर्बको कारोबार

  २०८१ जेठ २९ गते १५:२३     विकासन्युज

काठमाडौं । आज सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । आज सेयर बजार नेप्से परिसूचक ३३.१५ अंकले बढेर २११५.२४ बिन्दुमा कायम भएको छ ।

आज  नेप्से १.५९ प्रतिशतले बढेको हो । नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । आज ३११ कम्पनीको सेयर खरिदबिक्री हुँदा ५ अर्ब ५५ करोड रुपैयाँ बराबरको बारोबार भएको छ । हिजो ५ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज २०३ कम्पनीको मूल्य बढ्दा ४१ को घट्यो भने २ को स्थिर रह्याे । आज पनि हाइड्रोपावर समूह सबैभन्दा धेरै २.५८ प्रतिशतले बढेको छ । हिजो पनि यस समूह २ प्रतिशतले बढेको थियो । हाइड्रोपावर समूहको सेयर ६६.७१ अकंले बढेर २६४४.५३ बिन्दुमा पुगेको छ ।

आज १३ वटै सूचकमा हरियाली छाएको छ । आज वरुण हाइड्रोपावर, ग्रीन भेन्चर्स, कुथेली बुखरी स्मल हाइड्रोपावर, भगवती हाइड्रोपावर र अप्पर हेवाखोला हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कारोबारमा आएको सामलिङ पावर कम्पनीको सेयरमूल्य आज सर्वाधिक ५.८१ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ । कम्पनीको ३६ करोड ३० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.