वैवाहिक बलात्कारमा दोषी ठहर न्यायाधीश गिरीलाई सात वर्ष कैद, तीन लाख जरिवाना

  २०८१ जेठ २९ गते १५:१२     विकासन्युज

काठमाडौं । वैवाहिक बलात्कार मुद्दामा दोषी ठहर भएका जिल्ला न्यायाधीश भुवन गिरीलाई सात वर्ष कैद र तीन लाख जरिवाना तोकिएको छ ।

मंगलबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले गिरीको सजाय तोकेको हो।

यसअघि जेठ १३ गते न्यायाधीश भुसालकै इजलासले गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो । दोषी ठहर भएका गिरीककाे सजाय निर्धारणका लागि भने आजको पेसी तोकिएको थियो ।

जिल्ला अदालत कपिलवस्तुमा न्यायाधीश रहँदा गिरीकी श्रीमतीले आफूलाई बन्धक बनाएर बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् । जाहेरीका आधारमा अदालतमा मुद्दा दर्ता भएपछि न्यायपरिषद्ले गिरीलाई निलम्बन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.