कुमारी बैंकको ५ लाख ८१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

  २०८१ जेठ २९ गते ९:०२     विकासन्युज

काठमाडौं । कुमारी बैंक लिमिटेडले ५ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

बैंकले आजदेखि संस्थापक सेयरधनीहरूका नाममा रहेको ५ लाख ८१ हजार २ सय ५१ कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको हो ।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । यो सेयर खरिदका लागि जो कोही व्यक्ति, कम्पनी वा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।

बोलपत्र आवेदन पेस गर्दा न्यूनतम १ लाख कित्ता र अधिकतममा भने सम्पूर्ण कित्ताका लागि आवेदन पेस गर्न सकिने बैंकले जनाएको छ ।

इच्छुक लगानीकर्ताले काठमाडौं नक्सालमा रहेको कुमारी क्यापिटलमा पुग्ने गरी आवेदन दिन सक्नेछन् ।

आवेदन पेस गर्ने अन्तिम मिति असार ४ गते अपरान्ह ३ बजेसम्म रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.