बेष्ट फाइनान्सले ३ लाख ५६ हजार कित्ता संस्थापक हकप्रद सेयर बिक्रीमा ल्याउँदै

  २०८१ जेठ २९ गते ८:११     विकासन्युज

काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले ३ लाख कित्ता बढी संस्थापक हकप्रद सेयर बिक्रीमा ल्याउने भएको छ ।

कम्पनीले हकप्रद सेयर बिक्री खुला गरी आवेदन माग गरिएकोमा संस्थापक सेयर बाँडफाँड भई बाँकी रहेको ३ लाख ५६ हजार ७४.५७ कित्ता संस्थापक सेयर असार ४ गतेदेखि लिलामीमाफर्त बिक्रीमा ल्याउन लागेको हो ।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरिएको छ । यो सेयर खरिदका लागि जो कोही व्यक्ति, कम्पनी वा संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन् ।

बोलपत्र आवेदन पेस गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतममा भने सम्पूर्ण कित्ताका लागि आवेदन पेस गर्न सकिनेछ ।

इच्छुक लगानीकर्ताले कमलादीमा रहेको बेष्ट फाइनान्सको केन्द्रीय कार्यालय शाखा कार्यालयहरू मिलनचोक बुटवल, अमरपथ बुटवल, नेपालगञ्ज, घोराही, दाङ, इटहरी, नारायणगढ, चितवन, वीरगञ्ज र न्यूरोड पोखरामा आवेदन दिन सक्नेछन् ।

साथै, उपत्यका बाहिर रहेका ग्लोबल आइएमई बैंकका शाखा कार्यालयहरू–विरेन्द्रनगर,सुर्खेत र धनगढीमा समेत आवेदन पेस गर्ने सकिनेछ ।

आवेदन पेस गर्ने अन्तिम मिति असार ११ गते रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.